हेप्न पाइँदैन, हामी हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौँ : धवलशमशेर जबरा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हेप्न पाइँदैन, हामी हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौँ : धवलशमशेर जबरा


१८ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरूलाई नहेप्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरेका हुन् ।

बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएका थिए ।

राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताए ।

आफूहरूलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस