गृह मन्त्रालयका कारण गठबन्धन टुट्न दिन्नौ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृह मन्त्रालयका कारण गठबन्धन टुट्न दिन्नौ : प्रधानमन्त्री प्रचण्ड


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कँदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । उनले भने, ‘हामी सल्लाह गर्दै छौँ । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोसिस छ ।’

पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस