आफ्नै गान र लोगो बनाउँदै तातोपानी गाउँपालिका « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आफ्नै गान र लोगो बनाउँदै तातोपानी गाउँपालिका


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरिएको छ।

खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृत समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस