अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थलमा एक जना मजदुरको मृत्यु, दुई जना घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थलमा एक जना मजदुरको मृत्यु, दुई जना घाइते


१७ माघ २०७९, मंगलबार


सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँच पोखरी थाङ्पाल गाउँपालिका-५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मङ्गलवार राति ३ बजे विद्युत् गृहस्थल चिचिला गाउँपालिका-३ स्थित केराबारीमा सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंलबार बिहान जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो।

सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सिन्धुपाल्चोक पाँच पोखरी थाङ्पाल गाउँपालिका-५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

घाइते सिन्धुपाल्चोकका मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातगोडा र कुममा चोट लागेको छ।

घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ। अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जनभन्दा बढी मजदुरको ज्यान गएको छ। परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस