सुदूरमा पनि बोतल र जर्किनमा भरेर पेट्रोल बिक्री वितरणमा रोक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुदूरमा पनि बोतल र जर्किनमा भरेर पेट्रोल बिक्री वितरणमा रोक


१२ माघ २०७९, बिहिबार


डोटी । नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा बोतल तथा जर्किनमा डिजेल तथा पेट्रोल लगायतका पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमको आधिकारिक बिक्रेता बाहेक अन्यले खुल्ला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने जनाएको छ ।

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा अवैधानिक रूपले फुटकर बिक्रेताले गैर कानूनी खुल्ला रूपमा पेट्रोलियम पदार्थ पानीको बोतल, जर्किनमा राखी बिक्री वितरण गरेको पाइएको भन्दै प्रदेश प्रहरी कार्यालयले त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको हो ।

प्रहरी नायब उपरीक्षक भरत बहादुर चौधरीको हस्ताक्षरमा जारी विज्ञप्तिमा अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका साथै मानवीय एवं भौतिक क्षति समेत हुने हुँदा यसरी अवैध खुल्ला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न/नगराउन भनिएको छ ।

सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस