‘बागमती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘बागमती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’


१२ माघ २०७९, बिहिबार


सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले प्रदेशका सबै जिल्लाका विकास निर्माणदेखि जनताका समस्या हल गर्दै प्रशासनिक कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘चुनावका बेला जेजस्ता प्रतिबद्धताहरू गरियो सबै अक्षरस पूरा गर्न नसकेपनि धेरैभन्दा धेरै प्रतिबद्धता पूरा गर्नेछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस