मनायो भारतीय दूतावासले गणतन्त्र दिवस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनायो भारतीय दूतावासले गणतन्त्र दिवस


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको छ ।

बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँमा आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको हो ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कहीँ व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवङ्गत भएका नेपालीहरूको सम्मानमा उनीहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरूलाई उपहारस्वरूप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस