एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : राज्यमन्त्री सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : राज्यमन्त्री सिंह


११ माघ २०७९, बुधबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दीपकबहादुर सिंहले एक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् । 

सिंहले विद्युत् खपत बढाउन विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिए । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौँमा गरेको कार्यक्रममा राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराए ।

गरिब जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पुर्‍याउनुपर्ने उनको भनाई थियो । राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घर-घरमा अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याए।

उनले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशि देश बाहिर गएको भन्दै यसलाई रोक्न पनि विद्युतीय चुल्होको खपत बढाउनुपर्ने तर्क समेत गरे ।

राज्यमन्त्री सिंहले विद्युतीय चुल्होका लागि दिइएको अनुदान दुरुपयोग नगर्न पनि कडा निर्देशन दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस