प्रेमप्रसादको आत्मदाह राज्य संयन्त्रकै असफलता हो : गगन थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रेमप्रसादको आत्मदाह राज्य संयन्त्रकै असफलता हो : गगन थापा


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्ट्याटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरूको असफलता भएको बताएका हुन् ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठिक नहुँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।

‘अब आरोप(प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ला !’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस