बाचा गर्छु, स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ : स्वास्थ्य मन्त्री गिरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाचा गर्छु, स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ : स्वास्थ्य मन्त्री गिरी


११ माघ २०७९, बुधबार


काठमाडौँ । स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गरी परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् ।

पर्वतको कुश्मा बजारमा आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरो गरी अध्ययन गर्दछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने बाचा गर्छु ।’

उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधा सम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे ।  

Tags :
प्रतिक्रिया दिनुहोस