लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


११ माघ २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत मोहन बहादुर बुढासहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

होटेलको कीर्ते बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढा, अधिकृत, र होटेल सञ्चालकसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।  

होटेल सञ्चालकसँग खाली बिल मागेर त्यसमा कीर्ते बिल भरपाई तयार गरी लेखा अधिकृत बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारको दाबी छ । 

होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटेलका सञ्चालक भविलाल रामजाली विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

होटेल सञ्चालकले खाली बिलहरूमा छाप लगाई पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढालाई दिएको र उनीबाट २ लाख ६२ हजार ५०२ भुक्तानी पनि लिएको अख्तियारले बताएको छ ।

पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौँ लालबहादुर सुवेदी र तुलसी केसीले लेखा झुटा बिल भर्पाई बनाएर लेखा अधिकृत बुढालाई रकम भुक्तानी गर्न सहयोग गरेको भन्दै भ्रष्टाचार मुद्दामा मतियार भनी मुद्दा दर्ता गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस