तुलसीपुरमा लेखापालको बढ्यो तलब « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तुलसीपुरमा लेखापालको बढ्यो तलब


८ माघ २०७९, आइतबार


तुलसीपुर । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् ।

यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब १८ हजार पाँच सय थियो ।

तुलसीपुर नगर विकासको पूर्णता
तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनीत गरिएको हो । उहाँहरूको मनोनीतसँगै नगर विकास समितिले पूर्णता पाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको नगर सभा माघ २० गते बस्ने भएको छ । १२औँ नगर सभा बैठक यही माघ २० गते बस्ने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस