इन्दिरा राना मगरलाई उपसभामुख बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्दिरा राना मगरलाई उपसभामुख बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस