ग्लोबल आइएमई बैङ्क र नीलकण्ठ नगरपालिकाबीच उद्यमशील कर्जाबारे सम्झौता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ग्लोबल आइएमई बैङ्क र नीलकण्ठ नगरपालिकाबीच उद्यमशील कर्जाबारे सम्झौता


५ माघ २०७९, बिहिबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगर बासीहरूलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज (अनुदान) उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैङ्कको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगर बासीहरूलाई व्यावसायिक बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, माछा पालन लगायत अन्य लघु उद्यम गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन पुँजी लगायत प्राविधिक सीप आर्जन गरी आफ्नो व्यवसाय विस्तार एवम् विकास गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा बैङ्कको तर्फबाट वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

ग्लोबल आइएमई बैङ्क देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । 

Tags :
प्रतिक्रिया दिनुहोस