३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए ।

उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ । त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउछ । नागरिकले कामपाको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन् ।

सुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो । तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो । अहिले दुईमध्ये एक बिग्रिएको छ । भएको एउटाले पनि काम पाउन सकेको छैन । ‘चार पाँच दिनमा एउटा काम गर्न गुनासो आउँछ’, विभागका प्रमुख थापाले भने ।

विशेष गरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोकोे तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो । बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ ।

नगन्यरुपमा आएको गुनासो महानगरका इन्जिनियर र कामदारसहित तीन जनाको टोली टोल-टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन् । अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ ।

त्यसैगरी सडक सफा राख्न कामपाको यान्त्रिक कुचो (ब्रुमर) नियमित सञ्चालमा छ । हाल कामपामा छ यान्त्रिक कुचो सञ्चालनमा छन् । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाँडलको व्यवस्थापन जस्ता काम अहिले नियमितरुपमा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस