जुम्लामा भिरबाट लडेर महिलाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जुम्लामा भिरबाट लडेर महिलाको मृत्यु


२० पुस २०७९, बुधबार


जुम्ला । यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडे गाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

मङ्गलवार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस