तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग छलफल


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमिति विस्तार गर्ने सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा भएको छलफलमा तरुण दललाई विस्तार गरेर सङ्गठन देशव्यापी रूपमा चलायमान बनाउनेबारे कुरा भएको थियो ।

सभापति देउवाले तरुण दल विस्तार गर्ने सन्दर्भमा सकारात्मक प्रतिक्रिया दिएको अध्यक्ष गुरुङले बताए ।

भेटमा काँग्रेसलाई सशक्त बनाउन तरुण दलको विस्तार जरुरी रहेको उनले बताए । गुरुङबाहेक तरुण दलमा अरू कार्य समिति सदस्य तोकिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस