सुदूरपश्चिम दलको नेता छान्न काँग्रेसले बनायो निर्वाचन समिति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम दलको नेता छान्न काँग्रेसले बनायो निर्वाचन समिति


२० पुस २०७९, बुधबार


कैलाली । सुदूरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दल छनोट प्रक्रिया सुरु भएको छ ।

प्रदेश समितिले संसदीय दलको नेता छनोट गर्न आज पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा तयार गरिएको निर्वाचन समितिमा अर्का उपसभापति जनक राज चौधरी सदस्य रहेका छन् । त्यस्तै समितिमा महामन्त्री नरनारायण शाह मनु, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिले सम्म पनि काँग्रेस संसदीय दलको नेतामा सहमति जुट्न सकेको छैन । अहिलेसम्म बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले संसदीय दलको नेतामा दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस