केपी ओली सत्ता साझेदार दलको संयोजक चयन « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

केपी ओली सत्ता साझेदार दलको संयोजक चयन


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्।

बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको गृहमन्त्री रवि लामिछानेले बताए।

उनले भने,‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ ।’

ओली नेतृत्वको समितिमा अन्य दलका सदस्य पनि सहभागी हुने उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सात दलको समर्थन छ।

Tags :
प्रतिक्रिया दिनुहोस