एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । ।

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस