अवैध आयात तथा व्यापार नियन्त्रण गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैध आयात तथा व्यापार नियन्त्रण गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अवैध आयात तथा व्यापार नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । महासङ्घको टोलीले गृहमन्त्रीसमक्ष अवैध व्यापार नियन्त्रणका लागि कदम चाल्न माग गरेका थिए ।

गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग, व्यवसायको महत्त्वलाई आफूले राम्रोसँग मनन गरेको भन्दै व्यवसायीले दिएका सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

महासङ्घका अध्यक्ष गोल्छाले मुलुकको उद्योग, व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ‘ब्रिफिङ’ गरेका थिए ।

त्यसक्रममा महासङ्घ तथा जिल्लारनगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घका पदाधिकारी एवं कार्यसमितिका सदस्य उद्योगी, व्यवसायीको मर्यादाक्रमको उचित प्रबन्धका लागि अनुरोध समेत गरिएको थियो । जिल्ला-जिल्लामा हुने औद्योगिक व्यापारिक मेला, महोत्सवको आयोजना उद्योग वाणिज्य सङ्घहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न पनि आग्रह गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस