प्रचण्डलाई नेकपा एसका सांसदले पनि गरे समर्थन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डलाई नेकपा एसका सांसदले पनि गरे समर्थन


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुनसक्ने बताएका छन्।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पनि सरकारमा सहभागी हुनसक्ने ब्रिफिङ गरेका हुन्।

यता, एकीकृत समाजवादी पार्टीका केही सांसदहरू सरकारमा सहभागी हुन सकारात्मक देखिएका छन्।

एक नेताका अनुसार ४-५ जना सांसदहरू सरकारको समर्थनमा रहेको र प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने हो जनाइएको छ ।

ती सांसदका अनुसार नेपाली काँग्रेसका कारणले गठबन्धन टुटेको हो। नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै छ। उक्त बैठकले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस