मनकामना केबलकार अनिश्चितकालका लागि बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द


११ पुस २०७९, सोमबार


काठमाडौँ । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा स्थगन भएको छ । कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस