प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज


११ पुस २०७९, सोमबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।

सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनसहित दाबी पेस गरेपछि आइतबार राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस