प्रचण्डलाई १६६ सांसदको समर्थन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्डलाई १६६ सांसदको समर्थन


१० पुस २०७९, आइतबार


काठमाडौँ । नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १६६ सांसदको समर्थन रहने भएको छ।

उनले माओवादीसहित ७ वटा राजनीतिक दलको समर्थन प्राप्त गर्ने भएका हुन्।

प्रचण्डले माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको समर्थन पाउनेछन्।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४,जनता समाजवादी पार्टी १२ , जनमत पार्टीको ६ र लोसपाको ४ सिट रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस