खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते


१० पुस २०७९, आइतबार


काठमाडौँ । उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा दुर्घटना भएको छ। दुर्घटनामा एक गर्भवतीसहित ६ यात्रु गम्भीर घाइते भएका छन्।

बुइपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्य चौकी भन्दामुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीकी १६ वर्षीया गर्भवती रेनुका भुजेलसहित ६ जना घाइते भएका हुन्।

३२ यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेहरूमा बुइपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका-२ खार्पाका २० वर्षीय कुशल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुङ्गाना रहेका छन्। घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन्। 

बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बायाँ तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ। गम्भीर अवस्थाका वीरेन्द्र, गर्भवती रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस