गठबन्धनको निर्णय कुर्दै एमाले  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गठबन्धनको निर्णय कुर्दै एमाले 


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का शीर्ष नेता सरकार निर्माणका विषयमा गठबन्धनमा आबद्ध दलको निर्णय पर्खेर बसेका छन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकार बनाउने विषयमा एमालेले अहिले पहल नगरेको बताए । संसद्को दोस्रो ठूलो शक्ति एमालेले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गर्ने निर्णय कुरिरहेको उनको भनाइ छ ।

यता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक जारी छ । माओवादीले अहिले प्रधानमन्त्री नपाए एमालेसँग मिलेर सरकार बनाउने गरी छलफल अघि बढाएको माओवादी नेताहरूले नै बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस