प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न निधिको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न निधिको आग्रह


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले माओवादी केन्द्रलाई फकाउन अन्तिम कसरत गरेको छ।

आइतबार बिहान काँग्रेस नेता विमलेन्द्र निधि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फकाउन खुमलटार पुगेका छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। तर गठबन्धनको शनिबार बसेको बैठकमा काँग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले सहमति हुन सकेको छैन।

भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। उनी द सभापति शेरबहादुर देउवाको सन्देश लिएर खुमलटार पुगेका हुन्।

निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन्। उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन दबाब दिएका छन्। स्रोतले भन्यो, प्रचण्डले प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली काँग्रेसले एमालेसँग सहकार्यका गर्ने जानकारी गराएका छन्।

शनिबार माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनमार्फत प्रधानमन्त्री नदिए गठबन्धन छोड्ने धम्की दिएपछि नेपाली काँग्रेसले एमालेसँग संवाद अगाडि बढाएको छ। गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवाले काँग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ बालकोट पठाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस