१९ जना सहसचिव बढुवाका लागि सिफारिस  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१९ जना सहसचिव बढुवाका लागि सिफारिस 


१० पुस २०७९, आइतबार


काठमाडौँ । १९ जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा विभिन्न सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो । 

बढुवा सिफारिस भएकामा परराष्ट्र सेवाबाट दुई जना, प्रशासन सेवातर्फ ७ र लेखापरीक्षण समूहका २ उम्मेदवार रहेका छन् । जसअनुसार परराष्ट्र सेवाबाट खड्गप्रसाद दाहाल र प्रकाशमणि पौडेल, प्रशासनतर्फ रामकृष्ण पुडासैनी, वावुराम ज्ञवाली, जनकराज शर्मा, कमल बहादुर राजलवट, बद्रीबहादुर कार्की, अर्जुन गौतम र तेजप्रसाद दाहाल रहेका छन् ।

यस्तै लेखा परीक्षणतर्फका जयराम घिमिरे र नारायणप्रसाद पराजुली बढुवाका लागि सिफारिसमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस