बुद्ध एयरका संस्थापकको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुद्ध एयरका संस्थापकको निधन


१० पुस २०७९, आइतबार


काठमाडौँ । बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ ।

बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

हवाई उडानलाई सहज र सरल बनाइ आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरुवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागि नेतृत्वदायी भूमिका निभाएका थिए ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस