प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन यही टुङ्गिन्छ : वर्षमान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन यही टुङ्गिन्छ : वर्षमान


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही टुङ्गिने बताएका छन् ।

अध्यक्ष प्रचण्ड र काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।

उनले भने, ‘हिजो एउटा परिस्थितिमा २३ सिटको काँग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुङ्गियो । फेरि काँग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।’

पुनले प्रस्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।

देउवाले भने, ‘होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस