हजारका ३४० थान नक्कली नोटसहित तीन जना समातिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हजारका ३४० थान नक्कली नोटसहित तीन जना समातिए


९ पुस २०७९, शनिबार


पक्राउ

काठमाडौँ । बारामा ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् ।

आदर्श कोतवाल गाउँपालिका–६, हरनैया चोकबाट नेपाली एक हजार दरको नक्कली नोट ३४० थानसहित आदर्श कोतवाल–६, पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा शुक्रबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको टोलीले उनीहरूलाई उक्त नक्कली नोट र दुईवटा भारतीय नम्बरका मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस