जाँदाजाँदै शोभराजले भने-नेपालविरुद्ध मुद्दा हाल्छु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जाँदाजाँदै शोभराजले भने-नेपालविरुद्ध मुद्दा हाल्छु


८ पुस २०७९, शुक्रबार


काठमाडौं । नेपालमा १९ वर्ष लामो कैद सजाय भुक्तान गरेर आज स्वदेश फर्किएका सिरियल किल्लरका रूपमा परिचित चार्ल्स शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

नेपालबाट फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा समाचार एजेन्सी एएफपीलाई प्रतिक्रिया दिँदै शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने बताएका हुन् ।

“एकदम राम्रो महसुस गर्दै छु…। मैले गर्नुपर्ने धेरै छ । नेपालसहित धेरै मानिसविरुद्ध मैले मुद्दा हाल्नुपर्ने छ,” उनले एएफपीसँग भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस