बारामा गोली हानेर भारतीय नागरिकको हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बारामा गोली हानेर भारतीय नागरिकको हत्या


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर २ मा आज शुक्रवार बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन यादवको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

एक होटेलबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि गोली चलाएका प्रहरीको भनाई छ । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएका खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस