चार मुद्दाविरुद्ध अख्तियारको पुनरावेदन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चार मुद्दाविरुद्ध अख्तियारको पुनरावेदन


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस/रिसवत,सार्वजनिक सम्पत्ति हानी नोक्सानी, राजश्व चुहावट र गैरकानुनी लाभ तथा हानि गरी जम्मा चार मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

केदार शर्मा,गोविन्दराज ओझा, डोमा शेर्पा र कृष्णकुमार नेपाललगायत प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त बुझ्दो नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस