अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते


८ पुस २०७९, शुक्रबार


बैतडी । बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५ शैय्याको अस्पतालको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन् ।

बिहीबार वडा नं ७ र १ का स्थाननीयबीच झडप हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

मंगलबार वडा नं ७ का स्थानीयले सोही वडामा रहेको केशरपुर स्वास्थ्य कन्द्रलाई नै स्तरोन्नति गरेर १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने भन्दै नगरपालिकामा तालाबन्दी गरेका थिए ।

बिहीबार वडा नं १ का स्थानीयले वडा नं १ मै अस्पताल बन्नुपर्ने माग राख्दै वडा नं ७ का स्थानीयले लगाएको ताला खोलेपछि दुबैपक्षबीच झडप भएको हो ।

त्यसपछि प्रशासनको रहोबरमा नगरपालिकाले ताला खोलिएको थियो। त्यसपछि भने ताला लगाउने पक्ष नाराबाजीमा उत्रिएको थियो । लगत्तै वडा नं १ बासीले पनि वडा नं ७ बासीको मागप्रति विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको मेलौली नगरपालिकाका कार्यवहाक नगर प्रमुख कृष्णदत्त भट्टले जानकारी दिए ।

अहिले स्थिति समान्य रहेको पनि उनले बताए । वि.स.२०६७ देखि नै अस्पतालको विवाद रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस