महेन्द्र राय यादवले आज शपथ लिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महेन्द्र राय यादवले आज शपथ लिने


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् ।

सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीवार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस