उपेन्द्र यादवले भेटे केपी ओलीलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपेन्द्र यादवले भेटे केपी ओलीलाई


७ पुस २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेट गरेका छन्।

दुई नेताबीच बालकोटस्थित ओली निवासमा भेट भएको हो । दुई नेताबीच सत्ता समीकरणबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सरकार गठनमा काँग्रेस नेतृत्वको गठबन्धन सक्रिय देखिए पनि ओली पनि भेटघाटमा व्यस्त छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार गठनका लागि दाबी गर्न दलहरुलाई सात दिनको समय दिएकी छन्।

बिहीबार सांसदहरूको शपथग्रहण सकिएपछि सत्ता समीकरणको छलफल तीव्र भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस