नेपाल टी-२० लिग शनिबारदेखि सुरु हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल टी-२० लिग शनिबारदेखि सुरु हुने


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाल टी-२० लिग क्रिकेट एक दिन सरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता शनिबारदेखि सुरु हुने जनाएको छ ।

यसअघि शुक्रबारदेखि सुरु हुने तय थियो । तर, प्राविधिक तयारी पूरा नभएको भन्दै एक दिन धकेलिएको क्यानले जनाएको छ । विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रियालगायत कामहरू पूरा हुन बाँकी रहेको बताइएको छ ।

करिब तीन सातासम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस