महिन्द्र राय यादवले भोलि शपथ लिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिन्द्र राय यादवले भोलि शपथ लिने


७ पुस २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाका नव निर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् । सचिवालयले प्रतिनिधिसभाका नव निर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित भए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छिन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस