बाबुरामले दिए देउवालाई बधाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाबुरामले दिए देउवालाई बधाई


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवालाई बधाई दिन डा. भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका हुन् ।

उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै, ‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा प्रम तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !’लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस