हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित


७ पुस २०७९, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस