बैतडीमा शिक्षक हत्या आरोपमा श्रीमान्-श्रीमती पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैतडीमा शिक्षक हत्या आरोपमा श्रीमान्-श्रीमती पक्राउ


७ पुस २०७९, बिहिबार


काठमाडौँ । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् । उनीहरू श्रीमान-श्रीमती हुन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भोला रावलले कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए । ‘छात्राबासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस