चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक


७ पुस २०७९, बिहिबार


काठमाडौँ । चलचित्र ‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक भएको छ ।

अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन् । साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ । चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्य लगायतका कलाकार रहेका छन् ।

हेमराज बिसीद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायाङ्कन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस