माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।

माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो ।

चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ । सत्तागठबन्धनलाई कायम राख्दै नयाँ सरकार गठन गर्ने देउवा र प्रचण्डको तयारी छ । तर शक्ति बाँडफाँटको विषय भने पेचिलो बनेको छ ।

आज माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेलगत्तै बेलुका भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने कांग्रेस र माओवादीको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस