फोहोर व्यवस्थापनबारे अध्ययन गर्न महानगरको टोली भारत भ्रमणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फोहोर व्यवस्थापनबारे अध्ययन गर्न महानगरको टोली भारत भ्रमणमा


६ पुस २०७९, बुधबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईसहित ४ सदस्यीय टोली भारत भ्रमणमा गएको छ ।

महानगरपालिकाले फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न राईको नेतृत्वमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन)का भौतिक पूर्वाधार सुनिल लम्सालसहित ४ सदस्यीय टोली बुधबार भारत प्रस्थान गरेको महानगरका सहायक प्रबक्ता महेश काफ्लेले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा भारत जाने कार्यक्रम तय भएको थियो । तर उनी अस्वस्थ भएपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेको काफ्लेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस