शपथअघि राणाले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शपथअघि राणाले बोलाए सर्वदलीय बैठक


६ पुस २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन्।

राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै संघीय संसद्को सचिवालय पुगेका राणाले भोलि ११ बजेका लागि बैठक बोलाएका हुन्।

भोलि ‍१२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको सचिवालयले जानकारी दिएको छ।

बैठक शङ्कर हलमा हुनेछ।

बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस