पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत


६ पुस २०७९, बुधबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

मुख्यमन्त्री राउतले बुधबार बिहान सरकारी निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकालका उपलब्धिहरू सुनाए । सङ्घीयताको पहिलो अभ्यासमा प्रदेश संरचनाको जग बसाल्ने काम गरेको उनले दाबी गरे ।

प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै काम गरेको उनको दाबी छ । एक शहीद परिवार एक रोजगारी, दर्जनौँ विधेयक प्रमाणीकरण, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका महत्त्वपूर्ण काम गरेको उनले बताए ।

सङ्घ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण अपेक्षा अनुसार काम गर्न भने नसकेको उनले सुनाए । यद्यपि उनले विभिन्न चुनौतीका बाबजुद प्रदेश र सङ्घीयतालाई सुदृढ गर्ने काम गरेको दाबी गरे ।

प्रदेश प्रहरी ऐन, प्रदेश निजामती सेवा ऐन लगायतका लागि अन्य प्रदेशहरूभन्दा एक कदम अगाडि बढेर काम गरेको मुख्यमन्त्री राउतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस