माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल अस्पतालमा, के छ अवस्था ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल अस्पतालमा, के छ अवस्था ?


६ पुस २०७९, बुधबार


काठमाडौँ । उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका छन् ।

अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मङ्गलवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

क्रमशः सुधार हुँदै गए बिहीबार नेपाललाई डिस्चार्ज गर्ने अस्पताल स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस