पाटन नगरपालिकामा तालाबन्दी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पाटन नगरपालिकामा तालाबन्दी


६ पुस २०७९, बुधबार


काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ ।

पाटन नगरपालिकाको वडा नम्बर ०६ स्थित कृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका शिक्षक धनबहादुर बिस्टको घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै आन्दोलनरत सङ्घर्ष समितिले आज दशरथचन्द राजमार्ग बन्द सङ्गै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

शिक्षक बिष्ट मृत भेटिएको पाँच दिन बितिसक्दा समेत स्थानीय सरकार मौन रहेको भन्दै तालाबन्दी गरिएको आन्दोलनरत सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिले आफ्ना चरणबद्ध आन्दोलनका कार्यक्रम र निर्णय अनुरूप पाटन नगरपालिका लाई ज्ञापन पत्र बुझाएर तालाबन्दी गरेको जनाएको छ । ।

सुर्नया गाउँपालिका ०२ न्वागी घर भई विगत लामो समयदेखि कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिस्टको शङ्कास्पद मृत्यु भएको भन्दै न्यायका लागि आफन्त, शिक्षक तथा बिद्यार्थीहरु आन्दोलित बनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस